थप ३ सय ५० जनामा कोरोना पुष्टि
पछिल्लो २४ घण्टामा तीन सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन गरी सात हजार ९६ जनाको नमूना परीक्षण गर्दा तीन सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक हजार दुई सय ७२ जना कोरोना संक्रमित निको भएका छन् । थप चार जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । अहिले नेपालमा १३ हजार तीन सय ५७ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।
यसैबीच नेपालको कुल जनसंख्याको ६० प्रतिशत भन्दा धेरैले कोरोना भाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् ।