मनसुनी प्रणाली सक्रिय हुने भएकाले देशैभर बर्षा हुने

धनगढी , ९ साउन । सोमबार मनसुनी प्रणाली सक्रिय हुने भएकाले देशैभर बर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर भएपनि मनसुनी प्रणाली सक्रिय हुने महाशाखाले जनाएको छ ।

सोमबार देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, बाग्गमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

सोमबार देशको पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मंगलबार देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.