सुदूरपश्चिममा कोरोना संक्रमण बढ्दै, सेति अस्पतालमा दक्ष जनशक्तिको अभाब

दिपक बम,साउन ७ धनगढी । नेपालमा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको छ । हिजो शुक्रबार मात्रै ४ सय ५६ जनामा कोरोना भाइरसको सक्रंमण पुष्टि भएको थियो । त्यस सगैं नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सख्यां २ हजार ८ सय ४१ जना पुगेको छ ।

सुदूरपश्चिममा पनि पछिल्लो एकसाता यता कोरोना संक्रमण बढ्दै गएको सेति प्रादेश्कि अस्पतालका कोभिड १९ उपचार बिभागका प्रमुख सेरबहादुर कमरले बताए । उनका अनुसार भारत सगं खुला सिमाना भएकाले सुदुरपश्चिम प्रदेश फेरी कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ ।

अहिले देशमा कोरोना संक्रमण बढ्न थालेको र स्वास्थ्य मापदण्डको पालना गर्नु पर्ने कोभिड १९ बिभागका प्रमुख कमरले आग्रह गरेका छन् । उनले भने संक्रमण दर न्युन भएपछि स्वास्थ्य मापदण्ड पालना गर्न छाड्दा फेरि सक्रंमण बढेको छ । अहिले सेति अस्पतालमा एक जना कोरोना सक्रंमित उपचारत रहेका छन् ।

सुदूरपश्चिममा कोरोना सक्रंमण बढ्न थालेको छ,अस्पतालमा प्रयाप्त अक्सिजन तथा आईसोलेसन बेड छन् तर आवस्यक जनसक्तिको अभाव हुने सेति अस्पतालका कोभिड १९ बिभागका प्रमुख कमरले बताए ।

भारत सगं जोडिएका खुलानाका व्यवस्थित नहुदा सुदुरपश्चिममा कोरोना संक्रमण बढ्न थालेको हो । अहिले गौरिफन्टा नाकाबाट दैनिक ढाई, तिन सय जना भित्रीने गरेको त्रिनगर चौकिका बरिष्ट प्रहरि नायब निरिक्षक भरत भण्डारीले बताए ।
उनले नाकामा गरेको परिक्षण अनुसार दैनिक दुई तिन जनामा संक्रमण हुने गरेको जानकारी दिए । खुला नाका भएकाले सबैलाई व्यवस्थापन गर्न नसकेको प्रहरी निरिक्षक भण्डारी भने ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.