बैतडीमा ३८ सय बढी सवारी साधन कारबाही, २१ लाख राजश्व संकलन

बैतडी । बैतडीमा ट्राफिक प्रहरीले एक बर्षमा ३८ सय बढी सवारी साधनहरुलाई कारबाही गरेको छ । आर्थिक वर्ष २०७८/७९मा जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार ८ सय २६ सवारी साधनहरुलाई कारबाही गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख राम सिंह भण्डारीका सवारीसाधन चलाउँदा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएका, सिट बेल्ट तथा हेलमेट नलगाउने, मादकपर्दाथ सेवन गरेका,क्षमता भन्दा धेरै यात्रु बोक्ने ,तीव्रगति लगायतका नेपाल सरकारले तोकेको सवारी नियम उल्लंघन गर्ने सवारी साधनहरु कारबाही गरेको बताए ।

यस्तै कारबाहीमा परेका सवारीसाधनबाट २१ लाख १८ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले जनाएको छ । ट्राफिक प्रहरीको अहिले जिल्लाका चार ठाउँमा उपस्थिति छ । जिल्लाको साहिलेक, सतबाँझ, पाटन र खोड्पेमा ट्राफिक प्रहरीको उपस्थिति रहेको हो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.