बैतडी-धनगडी हावाई सेवा पुन:सञ्चालनमा
धनगडी, ७ फागुन,डेढ महिनादेखि बन्द रहेको बैतडीको हवाई सेवा पुनःसञ्चालनमा आएको छ।
गत पुस १६ गते धनगढी–बैतडी–धनगढी उडान भए पनि त्यसयता बन्द रहेको थियो। मौसम खराब र यात्रु नपाउँदा डेढ महिनादेखि बन्द रहेको हवाई सेवा सञ्चालनमा आएको समिट एयरका पाटन विमानस्थल सम्पर्क व्यक्ति कृष्ण भट्टले जानकारी दिए।उनले भने, “यात्रु अभाव र मौसम अनुकूल नहुँदा हवाई सेवा हुन सकेको थिएन, मौसम सुधार भएपछि सञ्चालनमा आएको छ।”
साताको एक दिन शुक्रबार बैतडीबाट धनगढीसम्म समिट एयरले उडान भर्दै आएको छ। गएको डेढ महिनामा तराईमा हुस्सु नै पडाडमा वर्षा र हिमपातले गर्दा उडान हुन नसकेको हो मौसम सफा हुँदै गएकोले अबदेखि साताको एकदिन शुक्रबार नियमित उडान हुने जनाइएको छ।