नेपालमा कोरोना संक्रमण बढ्यो, भिडभाड नगर्न मन्त्रालयको आग्रह

साउन ७ धनगढी । नेपालमा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको छ । हिजो शुक्रबार थप ४ सय ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । त्यस संङ्गै नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ८ सय ४१ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भिडभाड नगर्न र सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति निकालेर भिडभाड हुने ठाउँमा अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरेको छ।

खोप लगाउन बाँकी रहेका सबैलाई खोप लगाउन स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.