डोटिमा एकाएक प्रहरी हवल्दार बेहोस,हेलिकप्टर बाट उद्धार

साउन ६ डोटी । आज शुक्रवार डोटिमा प्रहरी हवल्दार बेहोस भएका छन । जिल्लाको सायल गाउँपालिका–२ सिर्मा बस्तीस्थित पहिरो जोखिममा रहेकाहरुको अवस्था बुझ्न जाने क्रममा प्रहरीचौकी डौड डोटीमा कार्यरत प्रहरी हवल्दार गगनसिंह धामी एकाएक बिरामी परी बेहोस बेहोस भएको जिल्ला प्रहरी कार्यालय डोटिका निमित्त प्रमुख लक्ष्मिराज जोशिले जानकारी दिए । हवल्दार धामीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

प्रहरिका अनुसर बेहोस भएका धामीलाई हेलिकप्टरमार्फत उद्धार गरी अहिले उपचारका लागि नेपालगञ्ज लगिएको छ । धामीको अहिले नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.