अबका केही दिन ठूलो पानी नपर्ने
साउन ६ धनगढी । नेपालमा अबका केही दिनसम्म ठूलो पान नपर्ने भएको छ । मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
उनका अनुसार अहिले पानी पर्ने प्रणाली दक्षिणतर्फ अर्थात मध्य भारततर्फ सर्न थालेकाले नेपालमा केही दिनलाई लगातार झरी र ठूलो वर्षाको सम्भावना कम रहेको हो ।
मनसुनको न्यून चापीय रेखा उत्तरतिर सरेकाले हिजो र अस्ति देशका धेरै ठाउँमा वर्षा भएको थियो भने केही ठाउँमा ठूलो पानी समेत परेको थियो ।