दार्चुलामा बढे महिला हिंसाका घटना

धनगढी: पछिल्लो समय महिलामाथि हुने घटना दिनहुँ बढ्दै गएका छन्। पछिल्लो पाँच वर्षको दार्चुला प्रहरीको आँकडा हेर्ने हो भने पनि महिलामाथि र बालिकामाथि हुने घटना बढेका छन्। प्रहरीको तथ्याङ्क हेर्दा बलात्कार मात्र होइन, समग्र महिला हिंसा नै बढ्दो क्रममा देखिन्छ।

त्यसमध्ये बलात्कार, बलात्कार प्रयास र घरेलु हिंसाका घटना अत्यधिक बढेका छन्। तथ्याङ्कअनुसार घरेलु हिंसापछि बलात्कार सङ्ख्यात्मक रूपमा महिला तथा बालिका बढी पीडित भएका छन्। समाजमा महिला हिंसामा पनि घरेलु हिंसाका घटनाको सङ्ख्या उच्च देखिन्छ।

आर्थिक वर्ष २०७४र७५ मा २७, २०७५/७६ मा ३९, २०७६/७७ मा ४५, २०७७र७८ मा ३९ / २०७८/७९ पुग्दा घरेलु हिंसाको मात्रै ७७ वटा उजुरी प्रहरीमा परेका छन्। यस्तै २०७५/७६ मा पाँच, २०७६/७७ मा आठ, २०७७/७८ मा पाँच र २०७८/७९ मा पुग्दा बलात्कारका घट्ना ह्वात्तै बढेको छ।

जबरर्जस्तीकरणी उद्योग, बालयौन दुव्र्यवहार, बालविवाह, बहुविवाह र महिलामाथि हुने हिंसाका आँकडा केलाउने हो भने अधिकांश घट्नामा महिला नै बढी पीडित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाहीले बताए।

यसरी घटना बढ्नुमा एक त समाजमा अपराधकै दर बढेको र त्यससँगै प्रहरीमा उजुरी दिने प्रचलन बढ्नुले पनि सङ्ख्या थपिएको प्रहरी अधिकारीको तर्क छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.