कञ्चनपुरमा खुकुरी प्रहार ३ जना भए गम्भीर घाइते

कञ्चनपुर: कञ्चनपुरमा खुकुरी प्रहारबाट ३ जना घाइते भएका छन्। मंगलबार पुनर्वास नगरपालिका–२ अम्रैयामा खुकुरी प्रहारबाट ३ जना गम्भीर घाइते भएका हुन्।

घाइते हुनेमा मोती बस्तीकी ३८ वर्षीया मधु महता ,अम्रैयाकी ४५ वर्षीया धनचरा रावत र अम्रैयाका ४७ वर्षीय बिरसिंह राना, रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई पुनर्वास–२ कै अम्रैयाका टेके सार्कीले खुकुरी प्रहार गरेको बताइएको छ।

सार्कीलाई खुकुरीसहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जाजनाएको छ । सार्कीले आफ्नै घाँटीमा समेत खुकुरी प्रहार गरेका छन्। उनको मानसिक अवस्था ठिक नभएको प्रहरीले जनाृएको छ ।।

घाइते तीनै जनाको टाउको र छातीमा गहिरो चोट लागेको छ। उनीहरुमध्ये २ जनाको स्थानीय बिएन पोलिक्लिनिक आइबीआरडीमा उपचार भइरहेको र मधु महतालाई रगत अभावका कारण धनगढी पठाइएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.