धनगढीको कण्डम हाउस एण्ड सेक्स टोयसपले यौन शिक्षा दिदै
दिपक बम, असाढ ३ धनगढी । धनगढिमा पहिलो पटक कण्डम हाउस एण्ड सेक्स टोयसप संञ्चालनमा रहेको छ । सुदूर पश्चिमकै पहिलो उक्त कण्डम सप २०७८ माघ २४ गते संञ्चालनमा आएको थियो ।
असुरक्षित यौन सम्बन्धले अहिले मानिसलाई बिभिन्न प्रकारका रोगहरु लागिरहेका छन् । त्यसैले समाजलाई यौन शिक्षामा ससक्त बनाउनको लागि धनगढी कण्डम हाउस सञ्चालन गरेको कण्डम हाउस एण्ड सेक्स टोयसपका संञ्चालक राजेश खतिवडाले बताए ।
उनले यौन शिक्षा मानिसलाई नभई नहुने शिक्षा पनि भएको दाबि गरे । उनले आफ्नै लगानिमा पसल सुरु गरेकोे बताए । उनका अनुसार कण्डम हाउँस संञ्चालन गर्न चौध, पन्ध्र लाख लागेको छ ।
उक्त धनगढी कण्डम हाउस एण्ड सेक्स टोयसप धनगढीको चौराह नजिक सूय लाईफ ईन्स्योरेन्स को सिधा अगाडि रहेको छ । अहिले उक्त कण्डम हाउसमा दैनिक १० देखी १५ जना आउने तथा परामर्स लिने गरेका छन् ।
कण्डम हाउँसले धेरै किशोर किशोरी तथा मानिसलाई दिएको परामर्शले प्रभावित भएको धनगढी उप महानगरपालिका वडा नंं. १ सान्ती नगरका किशोर गोविन्द कोली बताए । उनले यौन शिक्षाका लागि एक पटक उक्त कण्डम हाउसमा जाने समेत बताए । किशोर गोविन्दले भने म जस्ता धेरै मानिसलाई यौन शिक्षको आवस्यक छ, एक जना मासि लागेर मात्र हुदैन राज्यले पनि यौन शिक्षालाई प्रभावकारी बनाउन छुट्टै कार्यक्रम ल्याईदिए अझै राम्रो हुने थियो ।
साधारण अर्थमा असुरक्षित यौन सम्पर्क भन्नाले कुनै पनि किशोर किशोरी तथा महिला पुरुसले अस्थाई साधनको प्रयोग नगरी यौन सम्बन्ध राख्नु बुझिन्छ । यसले मानिसमा एच.आईभिएड्स,भिरङगी, तथा गोनरिया जस्ता रोगको संक्रमण बढिरहेको सेति प्रादेशिक अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा. सम्भु दत्त जोशिले बताए । डा. सम्भुले भने यौन सम्बन्धि धनगढी कण्डम हाउसले परामर्स तथा अस्थाई साधन एउटै ठाउँबाट उपलब्ध गराउने काम अत्यन्तै राम्रो हो । उनका अनुसार पहिलेको तुलनामा अहिले मोवाईल ईन्टनेट ईमेल तथा सामाजिक सञ्जालले यौन शिक्षामा परिवर्तन आएको बताएका छन् ।
असुरक्षित यौन सम्पर्क बाट लागेका एच.आईभि एड्स,तथा भिरण्ङगी रागे पूर्ण रुपमा निको हुदैनन् । लामो समय सम्म औषधि खाईराख्नु तथा सुई लगाई रमख्नु पर्दछ डा. जोशिले भने । उनले यौन शिक्षाको कमिले अहिले बजारमा धेरै मनिसहरु यौन तागत बढाउन औषधिको प्रयोग गरिरहेको बताए । त्यसले हट्अट्याक हुने , दिमागमा रगत जम्ने, तथा प्यारालाईसिस जस्ता रोग लाग्ने गर्दछन । डा. जोशिले सकेसम्म आफ्ने श्रीमान श्रीमती भन्दा अन्य मानिस संग तथा किशोर किशारि र युवायुवतिले असुुरक्षित यौन सम्बन्ध नराख्न सुझाब दिएका छन् ।