पञ्चेश्वर गाउँपालिकाको एम्बुलेन्स धनगढीमा थन्कियो,म्बुलेन्स नहुँदा बिरामीले सास्ती

बैतडी –बैतडीको पञ्चेश्वर गाउँपालिकाको एम्बुलेन्स धनगढीमा थन्किएको ५ महिना बढी भइसक्दा समेत पालिकाले चासो दिएको छैन् । एम्बुलेन्स नहुँदा बिरामीले सास्ती भोग्दा समेत एम्बुलेन्स ल्याउने बिषयमा पालिकाले चासो नदिएको गुनासो बढेको छ ।

पञ्चेश्वर गाउँपालिकाको एम्बुलेन्सले करीब ५ महिना अगाडि धनगढीमा मोटरसाइकललाई ठक्कर दिएपछि एम्बुलेन्स प्रहरीको नियन्त्रणमा रहेको छ । सुदूरपश्चिम प्रदेश सरकारले गाउँपालिकालाई उपलब्ध गराएको एम्बुलेन्स ५ महिनादेखि थन्किएको भएपनि त्यसलाई ल्याउने बिषयमा प्रयास भएको छैन् ।

गाउँपालिकामा एम्बुलेन्स नहुँदा बिरामीहरुले भने सास्ती भोग्नुपरीरहेको स्थानीय जयबहादुर चन्दले बताए । उनले भने ‘आकस्मिक बिरामीहरुलाई अन्यत्र लैजानका लागि एम्बुलेन्स नहुँदा समस्या भएको छ ।’

पञ्चेश्वर गाउँपालिकाको एम्बुलेन्स चालकसंग हलुका सवारी साधनको मात्रै लाइसेन्स भएको र एम्बुलेन्स हेबी भएकाले हेबी सवारी साधनको लाइसेन्स भएको चालक राख्न पनि प्रहरीले भनेको छ ।

एम्बुलेन्स जस्तो संवेदनशील साधन ५ महिना थन्किदा समेत चासो नदिएको भन्दै जनप्रतिनिधिहरुको आलोचना हुन थालेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.