एसईईको नतिजा सार्वजनिक हुदै
साउन ३ धनगढी । एसईईको नतिजा साउन १० गतेसम्ममा सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण अर्जुन रायमाझीका अनुसार विद्यार्थीहरुको प्राप्ताङ्कलाई इन्ट्रिगरेर हाजिरी, विद्यार्थीको रोल नं. लगायत त्रुटी भए नभएको हेर्ने प्रक्रियामा रहेकाले साउन १० गतेसम्म सबै काम सकेर नतिजा सार्वजनिक हुने भएको हो ।
उनले विद्यार्थीको नमिलेको रोल नं. मिलाउने काम, हाजीरी हेर्ने काम भइरहेको र कुनै पनि त्रुटि नहोस भनेर मसिनोसँग हेर्ने काम भइरहेको बताए ।
परीक्षा नियन्त्रक रायमाझीले भने अहिले सम्मको अवस्थालाई हेर्दा समान्य अवस्थामा रहेको छ, अन्य प्राविधिक रुपमा समस्या नआए १० गतेसम्म नतिजा सार्वजनिक गर्ने गरी अन्तिम तयारीमा छौँ ।