अछाममा छाउँपडी प्रथा अझै कायम,घर भत्काए पनि गलत सोच भत्काईएन
दिपक बम, साउन १ धनगढी । अछाममा छाउँपडी प्रथा अझै पनि अन्त्य हुन सकेको छैन । यहाँ परम्परा रितिरिवाज र धर्मका आधारमा ईस्वरीय शक्ति माथिको अन्ध विश्वासले महिला रजस्वला हुनु गलत मानिन्छ ।
सुदूरपश्चिमको अछाम जिल्लामा महिनावारी भएको महिलाले जनावर,घरपरिवार पानिको धारा कुवाँ तथा एक अर्का मानिसलाई छोयो भने देउता रिसाउने तथा जङ्गली जनावर पिडाउने भन्ने अन्धविश्वास रहेको मंगलसैन नगरपालिका वडा नं. ३ स्थित ज्ञानदेब आधारभुत विद्यालयकी शिक्षिका नन्दकला बोगटीले बताईन् । उनले महिनावारी हुदा घरपरिवार बाटै अपहेलित हुने र घर भन्दा धेरै टाढाको छाउगोठमा बस्नु पर्ने हुदा बलात्कृत हुने,सर्पले डस्ने तथा छाउ गोठमा आगो बालेर सुत्दा निस्सासिएर मृत्यु हुने गरेको छ भनिन् ।
अछामलाई विगत तिन चार वर्ष देखि छाउपडी गोठ मुक्त जिल्ला बनाउने भनि अभियान चलाईएको थियो । वि.स २०७६÷७७ मा जिल्ला प्रासन कार्यालय अछामको नेतृत्वमा स्थानिय तह,नेपाल प्रहरी,महिला सञ्जांल,सरकारी तथा गैरसरकारी संघसस्था को साझेदारिमा दस हजार छाउपडी गोठ भत्काईएको अछामका प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासेनीले बताए ।
उनले अछामलाई डेढ÷दुई वर्षअघि छाउपडि गोठ मुक्त जिल्ला घोसणा गरेपनि कार्यान्वयन नभएको बताए । प्रमुखका अनुसार छाउपडि मुत्तःगर्न तिन वटै तहको सरकारको आर्थिक सहयोगको आवस्यक रहेको र नयाँ वर्षको कार्य योजनामा राखेर काम गर्ने जानकारी दिए ।
अछामलाई छाउपडि गोठ मुक्त जिल्ला बनाउने भनेर बनेका घर त भत्काईयो तर व्यवहारिक रुपमा मानिसको सोच परिवर्तन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरिक्षक कैलाश सिंह विष्टले जानकारी दिए । प्रहरीका अनुसार छाउपडि गोठमा निस्सासिने,बलात्कृत हुने,सर्पको डसाई बाट सयौँ महिलाले अकालमै ज्यान गुमाईरहेका छन् । यसलाई न्युनिकरण गर्न सामुदायिक प्रहरी साझेदारी अन्तरगत सचेतना मुलक कार्यक्रम गर्ने, र सबै सम्बन्धित निकाय संग समन्वय गर्ने कार्य भैरहेको प्रहरी निरिक्षक सिंहले जानकारी दिए ।
परम्परागत रितिरिवाज र धर्मका आधारमा गरिएको अन्धविश्वाशले महिलाको अमुल्य जिवन नै नास भईरहेको छ, । अछाममा अझै सामाजिक शिक्षा र जनचेतनाको कमी रहेको छ । महिनावारी हुनु पाप र गलत होईन, यो त महिलामा हुनै पर्ने आधारभुत शरिरिक प्रकृया हो । त्यसैले छाउपडी प्रथालाई अन्त्य गर्न तिन वटै तहको सरकार जिम्मेवार भएर लाग्नु पर्ने देखिन्छ ।