बैतडीको पूर्चौडी नगरपालिकाले राख्यो एम.बि.बि.एस. डाक्टर

धनगढी, १ विष्णु भट्ट: बैतडीको पूर्चौडी नगरपालीकाले विषेसज्ञ स्वास्थ्य सेवा सहितको सेवा सुरुवात गरेको छ । एम.बि.बि.एस. डाक्टर सहितको चिकित्सकीय सेवा सुरु गरेको पूर्चौडी नगरपालीका वार्ड न. १  का वडा अध्यक्ष गणेश गडालले जानकारी दिए ।

पुर्चौडी नगरपालिका का नव निर्वाचित नगर प्रमुख दिपक बहादुर बमले सो सेवाको सुरुवात गरेका हुन् । उनले आफूले चुनाव जिते विषेसज्ञ स्वास्थ्य सेवा सहितको सेवा सञ्चंलन गर्ने जनाएका थिए । उनले यसलाई चुनावी एजेन्डा बनाएका थिए । विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकमा ओपिडी,अल्ट्रासाउन्ड, ई सिजी र रगत चेकजाँच सेवा उपलब्ध हुने उनको भनाई छ ।

ग्रामीण भू -भागका जनताले टाढा गई विषेसज्ञ स्वास्थ्य सेवा लिन लाग्ने पैसा र समयको बचत हुने  प्रमुख बमले जानकारी दिए ।

पुर्चौडी नगरपालिकाको वार्ड नम्बर १ स्थित हाट स्वास्थ चौकी बाट गरिबिको रेखामुनी रहि जीवन र मृत्यु सगं लडिरहेका नगरवासीले नि:सुल्क उपचार सेवा पाउँने भएपछि स्थानीय खुसी भएका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.