निःशुल्क खाना कुकुरलाई दिए झै दिईन्छ सेती प्रादेशिक अस्पतालमा, धारामा पानी १८ घण्टा पछि आयो
दिपक बम, असाढ ३२ धनगढी।सुदूरपश्चिम प्रदेशको एक मात्र रेफरल सेती प्रादेशिक अस्पतालमा १८ घण्टा बित्दा सम्म पनि पानी नआउँदा सेवाग्राहिले निकै समस्या झेले । शुक्रबार साझँ सात बजे देखि बन्द भएको पानि शनिवार विहान ११ बजे मात्रै आयो फेरी एकै छिनमै बन्द भयो । सेती अपस्तालमा सुदुर पश्चिमका नौँ ओटै जिल्लाका बिरामिको निकै चाप हुने गर्दछ, ।
बिरामिलाई रातिको समयमा तँ झन गारोे हुने गर्दछ । त्यस माथि अस्पतालमा पानि नआउँदा बिरामीले धेरै सास्ती खेप्नु परिरहेको धनगढी उप उपमहानगरपालिका वडा नं १६ का मोती राम चौधरीले बताए । चौधरीले पानि नआउदा राति विरामिलाई सौचँ लाग्दा बाहिबाट पानि बोकेको सुनाए ।
सेती अस्पतालमा दैनिक लगभग एक हजारको संख्यामा बिरामीहरु आउने गर्दछन । अस्पतालमा बिरामीलाई ओहोर दोहोर गर्न पनी समस्या भएको पाईन्छ । बिरामीलाई बोक्ने थुप्रै हुईलचियरका खुट्टा भाचिएका छन । त्यसमा बिरामी लाई बोक्न निकै समस्या भईरहेको गोदावरि नगरपालिका वडा नः ५ का लोकेन्द्र धामीले बताए ।
उनले सेती प्रादेशिक अस्पतालमा बिरामिलाई अस्पतालबाट गरिब तथा बिपन्न परिवारका विरामिलाई दिने खाना नास्ता कुकुरको जस्तो व्याबहारले दिनेगरेको गुनासो गरे । धामिले नर्सले बिरामिलाई कुकुरको जस्ता व्याबहा गरेर बोल्ने गरेको आरुोप लगाए । उनले १४ दिन देखी बुवाको उपचार गरीरहेको तर खाना खाने तथा नास्ता गर्ने समयमा विरामिले कहिलै पनि खान नपाएको गुनासो गरे । दिए पनि खाना र नास्ता एकै पटक ल्याएर राखी दिनछन धामिले भने ।
सेति प्रादेश्कि अस्पतालमा आज मात्र होईन यस्ता समस्या त दिनह भैरहन्छन् । कहिलै सौचाँलय फोहोरको समस्या त कहिलै पानिको । काहि अन्य प्राविधिक समस्याले बिरामिले दःख झेल्नु परेको र उक्त पानिको समस्या समाधान गरीसकेको सेति प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठ जानकारी दिए ।अन्य खाना तथा हुईलचियरको समस्या बारे आईतबार समितीको बैठक बसायर समाधान गरिने अस्पतालका सुचना अधिकारी श्रेष्ठले बताए ।
सुदुर पश्चिमको एकमात्र रेफरल सेति प्रादेशिक अस्पतालमा सुदूरपश्चिमका नौ ओटै जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् । तर सेति अस्पतालमा भने अस्पताल व्यावस्थाँपन समिती तथा सरोकार वाला निकायले चासो नदिदा सेवा ग्राहि मारमा परिरहेका छन् । यस तर्फ सम्बन्धित निकायको एक पटक ध्यान जावस ।