कैलालीमा नदीमा नुहाउँदा डुबेर २ बालबालिकाको मृत्यु

धनगढी,३० वैशाख । कैलालीमा नदीमा नुहाउँदा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका–८ को लोहरपुर तेडी बाध नदीमा नुहाउने क्रममा डुबेर सोही ठाउँका ७ वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साँउदको मृत्यु भएको हो ।

आइतवार दिउँसो साढे १ बजेको समयमा नदीमा नुहाउने क्रममा गम्भीर घाइते भएका खड्काको उदासिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको र साउँदलाई सेती प्रादेशिक अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले बताए । दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.