अवैध धन्दा चलाएको अभियोगमा सुदूरपश्चिम स्पा सेन्टरका सञ्चालकसहितका ६ जना पक्राउ

धनगढी,३० बैशाख । कैलालीको धनगढीबाट स्पा सञ्चालक सहित ६ जना पक्राउ परेका छन । शनिबार अवैध धन्दा चलाएको अभियोगमा सुदूरपश्चिम स्पा सेन्टरका सञ्चालकसहितका ६ जनालाई पक्राउ परेका हुन । धनगढी उप–महानगरपालिका –४ चौराहामा रहेको सुदुरपश्चिम स्पा सेन्टरमा प्रहरीले छापा हान्दा शंकास्पद गतिविधीमा संलग्न ४ युवती, १ युवक र सञ्चालकलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरूमाथी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.