वैवाहिक बलात्कार मुद्दा लागेका रवी ओडले गरे प्रहरीसमक्ष आत्मासमर्पण

धनगढी,३० बैशाख । वैवाहिक बलात्कार मुद्दा लागेका रवि ओडले प्रहरी समक्ष आत्मा सर्मपण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आत्मा समर्पण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश जोशीले बताए । जोशीकाअनुसार रवि आफै प्रहरी कार्यालयमा उपस्थित भएपछि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुुसन्धान भइरहेको छ । नेपाल आइडल सिजन २ का विजेता ओडविरूद्व वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.