पूर्चाैडी नगरपालीका- का कार्यालय सहयोगीहरुले करार सेवा थप्न माग गरे

धनगढी ३१,विष्णु भट्ट : बैतडीको पूर्चौडी नगरपालिकाले पालिकामा कार्यरत कार्यालय सहयोगीलाई श्रावण १ गते देखि काममा नआँउन भनेको छ ।

विगत लामो समय देखि पालिकामा कार्यरत रहि सेवा गरेको तर काग्रेंसको सरकारले पुर्वाग्रह ढंगले का.स. लाई मात्रै हटाउने कुरा राम्रो नभएको पालिकामा कार्यरत कार्यालय सहयोगी गोविन्द कुवर,अमर राज जोसि,विक्रम धानुक,दिपक बोहरा लगायतले जनाए । उनीहरुले सुक्रवार नगर प्रमुखलाई ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्रमा भनिएको छ । नगरपालिकाको विभेद पूर्ण निर्णयमा घोर आपत्ती जनाईएको छ । विभेदपूर्ण निर्णय नसच्याय कडा संघर्सका कार्यक्रम गर्ने जनाइएको छ ।

नगर प्रमुखलाई ज्ञापन पत्र लेख्दै उनिहरुले कार्यालय सहयोगीहरुको करार सेवा थप्न भनेका छन् ।

नगर प्रमुख दिपक बमले भने कार्यालय सहयोगी १८ जना भएकोले कार्यालयको खर्च अनुत्पादक क्षेत्रमा भैरहेकोले कार्यालय सहयोगीलाई विदा दिएको बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.