धनगढीमा मुल्य वृद्धि,प्रदेश,स्थानिय सरकार बेखबर: स्थानिय बनगाँउ तिर

दिपक बम,असाढ ३१ धनगढी । धनगढीमा पछिल्लो समय खाद्यान्नमा भएको मुल्य वृद्धिले यहाँका स्थानिय मारमा परेका छन् । नेपाल सरकारले लामो समय देखी पेट्रोल, डिजेल र मट्टि तेलको मुल्य वृद्धि गदै आएको छ ।

पछिल्लो समयका खाध्य बस्तुमा पनि लगातार मुल्य वृद्धि हुदै आएको छ । अहिले नेपालमा तेल चिनी,दाल,चामल,तरकारी लगायत अन्य अति आवश्यक बस्तुमा भारी मुल्य वृद्धि भएकोे छ । मुल्य वृद्धि का कारण दैनिकी कटाउन निकै गाह्रो भईरहेको धनगढी उप महानगरपालिका वडा नं. १ पशुपति टोलका सेरे सिंहले बताए । उनले भने दिउसो भरी काम गरेर साँझ बिहान सामान किन्न समेत पुग्दैन, हामि गरीबलाई दिन कटाउन निकै समस्या भईरहेको छ ।

मुल्य वृद्धिले स्थानिय मात्र होइन धनगढीमा लामो समय देखि व्यापार व्यावसाय गर्दै आईरहेका व्यवसायी पनि निकै मर्कामा परेका छन् । नेपालमा खाद्यबस्तुको मुल्य स्थिर नहुदा तथा दिनानु प्रतिदिन मुल्य वृद्धिले धनगढीको व्यापार धरायसीमा परिरहेको धनगढी उप महानगरपालिका वडा नं. ५ तारानगरका शिखर मालिका अर्जुन ट्रेडर्स एण्ड सप्लायर्सका संञ्चालक वाशुदेव विष्टले बताए ।

उनले भारतिय सिमा बजारम सुपथ मुल्यमा सामान पाउँदा धनगढीका स्थानिय गौरीफन्टा र बनगाउँ बजारमा जाने गरेको समेत बताए । धनगढीमा बस्तुको मुल्य चर्को हुदा किन्न सक्ने क्षमता नभएकाले स्थानियको भारतिय बजारमा जानु रहर नभई बाध्यता हो विष्टले भने ।

हामी भारतिय सिमा बजारमा सामान सस्तो सुपत मुल्यमा पाउने हुनाले सामान किन्न धनगढीका स्थानिय को लर्को लागेको देख्छौ । त्यहाँका बजारबाट सयौ उपभोक्ता ठगिनुका साथै लुटिन पुगेका उनले दावि गरे ।

स्थानिय व्यापारीले नेपाल सरकारलाई कर तिर्छन तर स्थानिय उपभोक्ता भने भारतिय बजारबाट सामान खरिद गर्छन् । व्यापारी त एकातिर बाट डुब्ने नै भए अर्को तिर भारतिय बजारमा यहाँका उपभोक्ताले पनि ठगिने तथा लुटपाटको समस्या झेलि रहेको धनगढी उप महानगरपालिका वडा न.ं ५ का स्थानिय नेत्र राज ओझाले बताए ।

उनले यहाँको स्थानिय तह र प्रदेश सरकारले अलिकति ध्यान केन्द्रीत गरीदिए पनि धनगढी का स्थानिय तथा व्यापार व्यवसायी लाई धेरै सहज हुने बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.