पिसाब नलीमा पत्थरी भएकी चार वर्षकी नाबालिकाको निसर्गमा सफल सल्यक्रिया

धनगढी। धनगढीको निसर्ग अस्पतालमा पिसाब नलीमा पत्थरी भएकी ४ वर्षीया बालिकाको शल्यक्रिया गरिएको छ। बझाङ सैपाल गाउँपालिकाकी ४ वर्षीया एन्जेल लामाको मृगौलाको पत्थरीको सफल सल्यक्रिया गरिएको हो ।

उनको सानै उमेरमा मृगौलामा ९ एमएमको पत्थरी देखिएको थियो। अन्य ठाउँमा उपचार सम्भव नभएपछि उनलाई निसर्गमा ल्याइएको थियो।उनको सानै उमेरमा मृगौलामा ९ एमएमको पत्थरी देखिएको थियो। अन्य ठाउँमा उपचार सम्भव नभएपछि उनलाई निसर्गमा ल्याइएको थियो।

उनको चेकजाँच गर्दा देब्रेतिरको पिसाब नलीमा ९ एमएमको पत्थरी अडकेर बसको अवस्थामा देखिएको मृगौला तथा मुत्र रोग विशेषज्ञ डा प्रज्ञान ख्वाँजूले बताए। सानो उमेरमा पत्थरी हुने सम्भावना निकै कम हुन्छ, उनले भने, कहीँ, कसैमा बंशाणुगत कारणले पत्थरी बन्ने सम्भावना हुन्छ।

सानो उमेरमा मृगौला तथा पिसाब नलीमा भएको पत्थरीको अप्रेसन यस क्षेत्रमा त्यति सहज नभए पनि निसर्ग हस्पिटलको चिकित्सकहरुको टिमले त्यसलाई सफलतापूर्वक सल्यक्रिया गरेको अस्पतालले जनाएको छ।

यो पद्धतिलाई यूआरएसएल भनिने मृगौला तथा मुत्ररोग शल्य चिकित्सक डाक्टर ख्वाँजू बताउँछन् ।साधारणतया ठूलो मान्छेको मृगौला तथा पिसाब नलीको पत्थरीको दुरबिन पद्धतिबाट गरिने अप्रेसन निसर्ग हस्पिटलले गर्दै आएको छ। तर नाबालकको उपचारमा सानै दुबिन आवश्यक पर्छ।

जुन यस क्षेत्रमै सम्भव छैन। काठमाडौं तथा अन्यत्र पठाउनुपर्ने अवस्थाको बिरामीको उपचार आफूहरुले सफल रुपमा गरेको सल्यक्रियामा संलग्न चिकित्सकहरुले बताएका छन्।

चार वर्षकी एन्जेलको उपचार नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर दिपक पौडेल, मृगौला तथा मुत्ररोग विशेषज्ञ डाक्टर प्रज्ञान ख्वाँजू, एनेस्थेसियोलोजिस्ट डाक्टरद्वय हेमन्त ओझा र सुनिल भट्टलगाएतको टिम सहभागी थियो।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.