दार्चुलामा न्याय माग्न पुगेका व्यक्तिलाई निर्घात कुटपिट गर्ने प्रहरी माथि छानबिन हुदै

दार्चुला: न्यायका लागि दार्चुलाको गोकुलेश्वर प्रहरीमा उजुरी दिन पुगेका व्यक्ति नै प्रहरीद्वारा कुटिएको घटनमा प्रदेश प्रहरीले छानबिन समिति गठन गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी भोला बहादुर रावलले घटनाको बारेमा गम्भीर ध्यानाकर्षण भएको बताउँदै उक्त घटनाबारे छानबिन समिति गठन गरिएको बताए।

जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी निरीक्षक जगत गाहामगरको नेतृत्वमा छानबिन समिति गठन गरिएको बताउँदै प्रवक्ता एसएसपी रावलले छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा अगाडि बढ्ने बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.