भारतले धौलीगङ्गाको बाँधको ढोका खोल्यो,आज दिनभर महाकाली नदीको बहाव बढ्ने

धनगढी: भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि आज दिनभर महाकाली नदीको बहाव बढ्ने भएको छ ।

भारतले बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म धौलीगङ्गा जलविद्युत् आयोजनाको नहर सफाइ गर्न बाँध खोल्दा महाकाली नदीको बहाव बढ्ने भएकाले दिनभर नै सतर्क रहन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.