धनी बन्ने थिए होला तिम्रो यादको व्यापार हुने भए। गजल
धनगढी,१७ वैशाख ।
धनी बन्ने थिए होला तिम्रो यादको व्यापार हुने भए।
राजा बन्ने थिए होला सपनाको दरबार हुने भए।।
आँसु देखिँदैन थियो होला मेरो आँखामा पनि ।
भाग्य लेख्दा आमाको हातमा निधार हुने भए।।
निराश अनुहार देखिने थिएन होला कसैको पनि ।
रोएको मनको पिडा लुकाउने शृङ्गार हुने भए।।
मिलाएर नै राख्ने थिए दुखहरू सँगै खुसी पनि ।
मैले पाउने खुसीको पनि कुनै आकार हुने भए।।
आशु लुकाएर किन हाँस्ने थिएर झुटो हाँसो।
मैले सधैँ सम्झिने अतीत पनि निखार हुने भए।।
प्रशान्त देउवा
डोटी जोरायल ५, गडसेरा
हाल काठमाडौं
डोटी जोरायल ५, गडसेरा
हाल काठमाडौं