सहरी विकासले बनाई रहेको सडकको काम अलपत्रःकाम कछुवा गतीमा

दिपक बम, असाढ ३० धनगढी । धनगढी उप महानगरपालीकामा सहरी विकास तथा भवन निर्माण विभागले निर्माण गरिरहेकोे सडकको काम अलपत्रमा परेको छ । सहरी विकाश तथा भवन निर्माण विभागले धनगढीमा सात वटा सडक निर्माण गरिरहको छ ।
विभागले सहिद गेट देखि क्याम्पस रोड सम्मको सडक,हसनपुर निसर्ग अस्पताल देखि पिपल चौतारा,फेरी पिपल चौतारा देखी हसन पुर सडक खण्ड,मालपोत रोड,क्याम्पस गेट देखी हुलाकी सडक जोड्ने र कृष्णटोल देखि सन्तोसी टोल सम्मको गुल्मा चर्च सडक निर्माण गरिरहेको सहरी विकास तथा भवन निर्माण विभागका सूचना अधिकारी द्रोण मानदेव कटुवालले जानकारी दिए ।
कृष्णटोल देखी सन्तोसी टोलको गुल्मा चर्च सडक निर्माण कार्यको जिम्मा कालिका कन्ट्रक्सनले लिएको छ । करिब एक वर्ष देखी निर्माण कार्य सुरु भएपनी अहिले सम्म पुरा नभएको स्थानिय व्यापारी रमेश पन्तले बताए । उनले असाढ मसान्ततमा ठेकेदारले बिल बुझिसक्यो अनि सडक निर्माणको काम ठप्प राखेको बताए । तर नालि निकास भने कतै पनि गरीएको छैन् ।
उक्त सडकको निर्माण कार्य अलपत्र छाड्दा बर्खाको समयमा पैदल यात्रि,यातायातका साधन,साथै सडक आसपासको क्षेत्र डुवानमा पर्ने सोहि ठाँउका स्थानिइ मिलनले बताए । उक्त निर्माणाधिन सडकमा स्टेपिङ स्टोन स्कुल र जेसिस एभरेष्ट स्कुल पर्दछन् ।
सोहि सडकबाट हजारौ साना साना विद्यार्थि विद्यालय जान्छन्,पानि पर्दा पानिमा तैरीएर जानुपर्ने अवस्था आउँछ स्थानिय अमित कुमारले भने । उनले उक्त सडकमै ठुला व्यापार व्यावसाय पनि संञ्चानमा भइरहेका र वर्षा हुदा सवारी साधन नचल्दा व्यापारीले लाखौको नोक्सान भोग्नु पर्ने बताए । बर्षाका कारण वस्ति डुवानमा पर्दा तथा व्यापारिको भएको नोक्सानको सहरी विकाश र नगर पालिकाल जिम्मा लिनु पर्ने उनले बताए ।
सहरी विकाश तथा भवन निर्माण विभागका सुचना अधिकारी कटुवालले सबै सडकको नाली निकास गरीएको बताएका छन् । निर्माणाधिन सडकको काम अलपत्र परेको सूचना पाउँदा त्यस सम्बन्धि बुझ्नका लागि रेडियो एक्टिभ एफ.एम का सम्बाँदाता स्वयमं सडक हेर्न जादा नालि निकास भने कतै भएको देखिदैन ।
अधिकारी कटुवालले निर्माणाधिन सडकलाई आउदो वर्षको असाढ सम्म सबै काम गरी सक्ने बताए । उनका अनुसार दुई किलो मिटर सडक निर्माण गर्न दुई वर्ष लाग्ने भएको छ । विभागले निर्माण कार्यमा गरेको ढिला सुस्तिले धनगढी बासीले निकै सास्तिा भोग्नु परिरहेको छ ।
सामान्य उदाहरण हेराँै निसर्घ अस्पताल अगाडिको सडकको कामको गति,अस्पताल जस्तो ठाउमा हजारौँ बिरामि आउछन, जान्छन तर अस्पताल अगाडिको सडकको काम भने कछुवाको गति जस्तै छ । निर्माण कार्य अलपत्र हुदा धनगढीका सडक हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे भईरहेका छन् ।

यो योजना एसियाली विकास बैकं लिमिटेडको सहयोगमा निर्माण भै रहेको हो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.