८० करोड बढी भुक्तानी ’होल्ड’ भएपछि सुदूरपश्चिममा झमेला
धनगढी: चालु आर्थिक वर्षको बजेट अन्तर्गत कार्य सम्पन्न भएका योजनाको पनि भुक्तानी रोकिएपछि सुदूरपश्चिममा झमेला पैदा भएको छ । प्रदेश सरकार अन्तर्गतका विभिन्न कार्यालयहरुको ८० करोड बढी भुक्तानी ’होल्ड’ भएको छ ।चालु आर्थिक वर्षको भुक्तानी गर्ने अन्तिम समय असार २५ सम्म तोकिएको हो । तर २४ र २५ गते कोलेनिकाको सर्भर डाउन भएपछि कार्य सम्पन्न गरी आवश्यक कागजपत्र तयार गरेका योजनाहरुको पनि भुक्तानी रोकिएको विभिन्न कार्यालयका प्रमुखहरुले बताएका छन् । प्रदेश लेखा नियन्त्रक कार्यालय धनगढीका अनुसार करिब ८० करोड भुक्तानी रोकिएको अवस्था छ ।
असार २५ गते रातिदेखि त सर्भर सिस्टम लक हुने र भुक्तानी बन्द हुने त नियमै हो । तर २४ र २५ गते दिनभर पनि सर्भर नचलेपछि भुक्तानी हुन पाएन ।