काडामाहादेब आधारभुत बिद्यालय अध्यक्ष बोहरा भवन निर्माणको पैसा लगेर फरार:सब ईन्जिनियर बुढाले लिए बिद्यालयहरु बाट १८ लाख नगद
धनगढी,३० विष्णु भट्ट: बैतडी जिल्ला पुर्चौडी नगरपालिका वार्ड नम्बर ५ को काडामाहादेब आधारभुत बिद्यालयको को निर्माणाधिन भवन अलपत्र परेको छ । २०७७/ ७८ मा समापन हुने बिद्यालयको भवन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीर सिहं बोहरा,सरोकारवाला र पुर्चौडी नगरपालिकामा कार्यरत सब ईन्जिनियर लाल बहादुर बुढाको चरम आर्थिक अनियमितता गरेकोले सो भवन अलपत्रमा परेको हो ।
शैक्षिक सुधार कार्यक्रम अन्तरगत पर्ने काडामाहादेब बिद्यालय को भवन निर्माण गर्ने क्रममा विद्यालय व्यवस्थांपन समितिका अध्यक्ष सिहले ८ लाखँ ५० हजार अनियमितता भएको स्विकार गरे ।
सुनौ उनी सगं भएको कुराकानी
एक्टिभ न्यूज डट.कम सगं भएको कुराकानीमा उनले पुर्चौडी नगरपालिकामा कार्यरत सब ईन्जिनियर लाल बहादुर बुढाले १ लाख रकम लिएको जानकारी दिए । उनले पुर्चौडी नगरपालिकामा १८ विद्यालय निर्माण गर्ने क्रममा उनले प्रती विद्यालय बाट १ लाखको दरले १८ लाह घुस मागेको आरोप लगाए ।
यस विषयमा सब ईन्जिनियर बुढालाई सोध्दा भवन निर्माणमा रकम नलिएको बताए ।
बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष बोहरा को मनोमानी निर्णयले गर्दा असाढ मासन्त भित्र निर्माण भैसक्नु पर्ने भवनको काम अलपत्र परेको हो ।
१४ लाख पचास हजार रुपैया निकासा गरि सकेको भवनको काम अलपत्र छोडी आफू सम्पर्कमा नरहेको र काम गर्ने मजदुरको ज्याला नदिएरै विदेश जान्छु भनि अध्यक्ष फरार भएको स्थांनिय नरेस बोहराले जानकारी दिए ।