कञ्चनपुरबाट अवैध सामान बरामद

धनगढी,१० बैशाख । कञ्चनपुरमा प्रहरीले अवैध सामान फेला पारेको छ । जिल्लाका विभिन्न स्थानमा अन्दाजी एक लाख ३४ हजार ५०४ मूल्यको सामान फेला परेको हो ।

भीमदत्त नगरपालिका–६ बाट अन्दाजी ३१ हजार ७५८ र भीमदत्त–१० बाट अन्दाजी १ लाख २ हजार ७४६ गरी १ लाख ३४ हजार ५०४ मूल्य बराबरको भन्सार छलीका सामान फेला पारी बरामद गरिएको प्रहरीले बताएको छ ।

लेडिज सुट, कुर्ती, लेडिज टिसर्ट, जुत्ती, चप्पल, चुन्नी, क्रिम पाउडर, कालोपोल्थिन, चिनि, मिश्री, चामल, तेल, प्याज, बिडी, सुर्ती, बिस्कुट, जिरा, मटर, हार्डवेयर र बिजुली लगायतका सामानहरु फेला पारी कानुन बमोजिम बरामद गरी भन्सार कार्यालय गड्डाचौकी पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.