प्रदेश सरकार र प्रतिपक्षी दलहरुबीच भयो १४ बुँदे सहमति

धनगढी :सुदूरपश्चिम प्रदेश सरकार र प्रतिपक्षी दलहरुबीच सहमति भएको छ । प्रतिपक्षी दलहरुले राखेको १४ बुँदे माग सम्बोधनका लागि सरकार तयार भएपछि सहमति भएको हो।
बजेटका विषयमा एमाले, जसपा र लोसपाले गरेका मागहरू सम्बोधन गर्ने लिखित निर्णय गरेपछि आज बाट प्रदेशसभा बैठक सुरू भएको छ ।

प्रतिपक्षी दलले राखेको १४ बुँदे प्रस्तावलाई सुदूरपश्चिम प्रदेश सरकारले गम्भीरताको रूपमा लिएको’मुख्यमन्त्री त्रिलोचन भट्टसहित तीन मन्त्रीले गरेको निर्णयमा‘प्रतिपक्षी दलहरूबाट आएका मागहरू र आवश्यकता र औचित्यका आधारका आएका योजनाहरू प्रदेश आर्थिक योजना आर्थिक कार्यविधि ऐन तथा नियमावली विनियोजन ऐन र सुशासन ऐनको परिधिभित्र रही सम्बोधन गर्ने कुरामा प्रदेश सरकार सकारात्मक रहेको भनिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.