कैलालीलाई साक्षर जिल्ला घोषणा गरियो

धनगढी: कैलालीलाई साक्षर जिल्ला घोषणा गरिएको छ । यहाँका १३ वटै स्थानीय तह साक्षर घोषणा गरिएपछि जिल्लालाई बुधबार साक्षर घोषणा गरिएको हो।

शिक्षा विकास तथा समन्वय इकाइ कैलालीका प्रमुख बैकुण्ठ सुवेदीले १५ देखि ६० वर्ष उमेर समूहमा साक्षरता दर ९५ प्रतिशतभन्दा माथि रहेकाले जिल्लालाई साक्षर घोषणा गरिएको बताए

२०६७ देखि २०७१ सालसम्म कैलालीमा साक्षरता अभियान सञ्चालन गरिएको थियो अहिले स्थानीय तहहले घरधुरी सर्भेक्षण गरेपछि साक्षर घोषणा गरेका हुन्।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.