हिजो उस्को पाउमा कुल्चिएको ढुंगा आज त मन्दिर पुगेर भगवान भएछ
धनगढी,२६ चैत ।
“गजल”
शुन्य भएछ घर पनि सुनसान भएछ ।
अंसको निहुँ दाजुभाइ हानाहान भएछ ।।
केहि समय कुराकानी ठिकै चलेको हो ।
बिग्रीए पछि सम्बन्ध अञ्जान भएछ ।।
हिजो उस्को पाउमा कुल्चिएको ढुंगा ।
आज त मन्दिर पुगेर भगवान भएछ ।।
पाउन सक्ने कुरा मात्रै देखोस यो आखाले ।
मन भुलाउन सकिन्न अचेल बैईमान भएछ ।।
मत अचेल आफैमा हराउन थालेको हुँ ।
सोच्दा हुन साथी “अनुपम” हैरान भएछ ।।
लेखक, अनुुपम बम ठकुुरी (सुदुुरपश्चिम डोटी)