कलाकार शर्मिला थापाले आफ्नो जन्म दिनमा डेउडा प्रतिष्ठानको कल्याणकारी कोषलाई रकम हस्तान्तरण गरे
धनगढी,२२ चैत । डेउडा प्रतिष्ठान केन्द्रीय समितीद्वारा स्थापित कलाकार कल्याणकारी कोषमा विभिन्न ब्यक्तिले आफ्नो र आफ्ना आफन्तजनको जन्मोत्सव संगै आफ्नो बैबाहिक उत्सबको अवसरमा समेत रकम जम्मा गर्न थालेका छन ।
२०८० चैत २२ गते बिहिवार डेउडा प्रतिष्ठानकि साधारण सदस्य समेत रहेकी नव कलाकार शर्मिला थापाले आफ्नो जन्मोत्सवको अवसरमा रू १५००/-(अक्षरेपि रू एक हजार पाँच सय मात्र) नगद डेउडा प्रतिष्ठानको कल्याणकारी कोषलाई केन्द्रीय कार्यालयमै गएर विभिन्न प्रख्यात कलाकारहरुको उपस्तिथिमा जन्मोत्सव विशेष कार्यक्रम गरि रकम हस्तान्तरण गरेकी छन ।
डेउडा प्रतिष्ठान केन्द्रीय कार्यसमितिले संस्थाका कोषाध्यक्ष प्रेमबिबश चन्दको जन्म दिनलाई सु-अवसर बनाई बैशाख २४ गते कलाकार कल्याणकारी कोषको स्थापना गरेका थिए । जन्म दिनमा फजुल खर्च नगरी कलाकारको हितमा कलाकारलाई अप्ठ्यारोमा पर्दा सुख दु:खको साथीको रूपमा कलाकार कल्याणकारी कोषलाई एउटा अभियानको रुपमा लिएर यो बर्ष कल्याणकारी कोष संकलन बर्षका रुपमा लिने संस्थाका केन्द्रीय अध्यक्ष दल बहादुर बोगटीले बताउनु भयो ।
आफू कलाकारिता क्षेत्रमा कठिन यात्रा गरिराखेकि र यसरी डेउडा प्रतिष्ठानको अभियानमा सहभागी हुन पाउँदा आफु निकै हर्षित भएको र अग्रजहरुलाई संमान गर्दै आगामी दिनमा समेत यस्ता कार्यमा सहभागी हुनेछु । सबैले यश अभियानमा हातेमालो गरौं तथा आफ्नो जन्म दिनमा प्रतिष्ठानले आफू प्रती राखेको सद्भावका प्रती हार्दिक आभार व्यक्त गर्दछु साथै मलाई शुभकामना आशिर्वाद दिनु हुने सम्पुर्ण महानुभावहरुमा धन्यवाद ज्ञापन गर्दछु । कलाकार शर्मिला थापाले भनिन।
यो कोष डेउडा प्रतिष्ठानको मात्र नभई समस्त विभिन्न कला क्षेत्रमा कार्यरत कलाकर्मिहरुको साहाराको रुपमा उभिने भएकाले यस्को वृद्धि( कल्याणकारी कोष) लाई सबैले प्राथमिकता दिनुपर्ने संस्थाका कोषाध्यक्ष प्रेम विवश चन्दले बताउनु भयो । हामीले ऎन नियम बनाई अघि बढाईरहेका छौं। सबैले आ-आफ्नो जन्म दिने या अन्य कुनै दिनलाई विशेष दिनको रुपमा बनाई कोषमा जम्मा गरि यो अभियान सफल पार्न समेतआग्रह गर्नु भएको छ ।