सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले चैत्र २२ गते विश्वासको मत लिने
धनगढी,२० चैत । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चैत्र २२ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शाहले मंगलबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिनको लागि सूचना दर्ता गराएका हुन् । मुख्यमन्त्री शाहको पत्र दर्तापछि चैत २२ गते दिउँसो ३ बजे बैठक आह्वान गरिएको सभामुख भीम भण्डारीले जानकार दिए ।
साथै चैत २१ गते बुधबार ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । फाुगन २३ गते माओवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् । अहिले कांग्रेसका १८, माओवादीका सभामुखसहित ११ एमालेका १०, नागरिक उन्मुक्ति पार्टी (नाउपा)का ७, नेकपा एकीकृत समाजवादीका ४ साथै स्वतन्त्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १/१ जना संसद छन् । विश्वासको मतका लागि वातावरण बनाउन मुख्यमन्त्री शाह सोमबार बेलुका काठमाडौं गएका छन् ।