सुदूरपश्चिममा नेकपा एसका दीर्घ सोडारी मुख्यमन्त्री बन्ने सम्भावना

धनगढी,१९ चैत । नेकपा एकीकृत समाजबादी सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिमको चौथो मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ । सत्ता साझेदार मुख्य दल एमाले, माओवादी र समाजवादीका शिर्ष नेताहरुबीच सुदूरपश्चिममा समाजवादीलाई मुख्यमन्त्री दिने सहमति भएको हो । नयाँ सहमति अनुसार बागमतीमा समाजवादीले माओवादी मुख्यमन्त्रीलाई विश्वासको मत दिने र सुदूरपश्चिममा अब बन्ने सरकारको नेतृत्व एकीकृत समाजवादीलाई दिने सहमति भएको हो ।

बैठकमा एमाले अध्यक्ष केपीशर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सो सहमति भएको हो । कैलाली क्षेत्र नम्बर ४ को (क) प्रदेशबाट निर्वाचित सोडारी ०७४ को प्रदेश सभामा पनि विजयी भएका थिए । उनी अघिल्लो कार्यकालमा समेत मुख्यमन्त्रीका दावेदार थिए । सुदूरपश्चिममा सरकार बन्न २७ प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ अहिले एमाले, माओवादी र समाजवादीसंग २४ मत रहेको छ ।

एमाले, माओवादी र समाजवादीको सरकार बनाउन नागरिक उन्मुक्ती पार्टीको सहयोग आवश्यक पर्छ । उन्मुक्तीमा कांग्रेसकै सरकारलाई समर्थन गर्ने कि एमाले, माओवादी र समाजवादीको पक्षमा लाग्ने भन्नेमा विवाद छ ।

उता बागमती प्रदेशमा आलोपालो मुख्यमन्त्री बन्ने सहमति पनि भएको छ। यससँगै बागमतीमा माओवादी केन्द्र संसदीय दल नेता शालिकराम जम्कट्टेललाई सोमबार एकीकृत समाजवादीले विश्वासको मत दिने भएको छ। जम्कट्टेलपछि एकीकृत समाजवादी संसदीय दल नेता कृष्ण खनाल मुख्यमन्त्री बन्ने समझदारी बनेको स्रोतको भनाइ छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.