नेशनल लाईफ इन्स्योरेन्सको उत्साह-जनक धमाका,शुक्लाफाटा रानी अवलोकन(जङ्गल सफारी-२०८०)

धनगढी,१८ चैत । विमाको क्षेत्रमा एकक्षत्र सेवा प्रवाह गर्दै,नेपाली जनताको जिउ,धन र मनमा छाईरहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुदुरपश्चिम प्रादेशिक कार्यालय धनगढीले एकदिने वृहत् निकुञ्ज अवलोकन(जंगल सफारी)कार्यक्रम सम्पन्न गरेको छ।

संस्थाले आफ्ना अभिकर्ताहरु बाट स्किममा पर्न सफल भएका तीन दर्जन बढी अभिकर्ता लिडरहरुलाई सुदूरपश्चिम प्रदेश कंचनपुर जिल्लामा अवस्थित २४३.५ वर्ग कि.मि.क्षेत्रफल भएको नेपालकै नमुना एवं बाह्रसिंगाको लागी प्रशिद्ध शुक्लाफाटा राष्ट्रिय निकुंज अवलोकन (जंगल सफारी) यहीँ मिति २०८० चैत्र-१७ गते शनिवारका दिन अवलोकन गराएको छ। सफारी करिब ४ घण्टा सम्म गरिएको थियो।

निकुञ्जको अवलोकन बाट विश्व विराट विरासत बोकेका स्थलहरुको भ्रमण गराउने धोको पूरा भएकोमा खुशी व्यक्त गर्दै आफुलाई अनवरत रुपमा साथ,सहयोग र अचिरस्मरणिय अभियानका लागि सम्पुर्ण अभिकर्ता,कर्मचारी एवं बिमा सदस्य महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी लक्ष्यले अझै फड्को मार्ने अवलोकनका नेतृत्वकर्ता एवं नेसनल लाईफ इन्स्योरेन्स सुदूरपश्चिम प्रदेश प्रमुख उमाकान्त जोशीले बताउनु भयो । उहाँले भन्नू भयो नेशनल परिवारले वर्षमा आन्तरिक र बाह्य गरि वार्षिक दर्जनौं यस्ता ऐतिहासिक भ्रमण अवलोकन हुने गरेका छन यस्को सबै श्रेय हाम्रा पृय लिडरहरुलाई जान्छ अहिलेसम्म यस क्षेत्र बाट देशकै उत्कृष्ट बनी समयसमयमा हाम्रो शिर उच्च बनाउने काम गर्नु भएको छ र आगामी लक्ष्यका लागी शुभकामना समेत दिन चाहन्छु प्रमुख जोशिले भन्नू भयो ।

सफारीमा बाघ,वाह्रसिंगा हरिण, बदेल, मयूर’ विभिन्न प्रकरका माछा, वनस्पती तालतलैया, हात्तीहरुको अवलोकन गरिएको भ्रमण कार्यक्रमको व्यवस्थापनमा रहनुभएका ईश्वर बहादुर चन्दले बताउनु भयो। साथै अत्यन्तै रमाइलो र ऐतिहासिक भ्रमणमा एसियाकै लामो दोधँरा चानदी पुलको अवलोकन एवं भनभोज कार्यक्रम र पोखरी कटेक अवलोकन गरिएकोमा सम्पुर्ण सहभागीहरु निकै हर्षित र उत्साहित रहेको कार्यक्रमको विभिन्न व्यवस्थापनमा रहनु भएका लिडरहरु महेश्वरी सिंह,निर्मला खडका,तुलसी खड्काले बिचारहरु व्यक्त गरेका थिए।

साथै नेसनलकि बरिस्ठ ब्यवसाय प्रवन्धक गिता मल्लले आफ्नो शारीरिक अस्वस्थताका कारण प्रदेश बाहिर रहेता पनि सफल भ्रमणले आफू निकै खुशी भएको र अग्रजहरु प्रती संमान एवं सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै आफुहरुको संस्थाले पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने काम गरेको बताएकी छिन।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.