नेपाल कम्फु खुकुरी मार्शल आर्ट्स संघ कैलालीको अध्यक्षमा बम निर्वाचित

रमेश रैकाल , धनगढी,१७ चैत । नेपाल कम्फु खुकुरी मार्शल आर्ट्स संघ कैलाली जिल्ला कमिटीको अध्यक्षमा उमेश बिक्रम बम निर्विरोध निर्वाचित भएका छन । शनिवार धनगढीमा संघको दोस्रो प्रदेश भेलाबाट बम निर्विरोध अध्यक्ष पदमा चयन भएका हुन् ।

नेपाल कम्फु खुकुरी मार्शल आर्ट्स संघ कैलाली जिल्ला कमिटीको उपाध्यक्षमा बिप्लब राना, दिपक चौधरी चयन भएको नेपाल कम्फु खुकुरी मार्शल आर्ट्स संघ कैलालीले जनाएको छ ।

यस्तै कोषाध्यक्षमा सुधासन चौधरी सचिवमा अजय तामाङ चयन भएका छन् । सदस्यमा राहुल साउद ,सन्दिप भट्ट ,दिपक जोशी ,सुनिल बोहरा ,रोनिस बिष्ट ,रिऋि शर्मा ,हरिश जोशी ,सागर साहि, विराज चौधरी,वसाहाना बोहरा र राम सुन्दर चौधरी रहेका छन् ।

संघको दोस्रो सुदुरपस्चिम प्रदेश भेलामा पुर्ण पान्डे, राखेप सडस्य, मन्देब हजारा,केन्द्रिय उपाध्यक्ष मदन रेग्मी केन्द्रिय सदस्य भरत शाह लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.