डडेल्धुराको तल्लो कालिगाडमा स्टिल पुलको उद्घाटन
रमेश रैकाल धनगढी, १५ । चैत डडेल्धुराको नवदुर्गा गाउपालिका वडा नम्बर २ तल्लो कालिगाडको स्टिल पुलको समुद्धाटन गरिएको छ । बिहिबार एक कार्यक्रम बिच बगाल र कौलबाटा जोड्ने स्टिल पुलको बुधबार उद्घाटन गरिएको हो । पुलको उद्घाटन नवदुर्गा गाउपालिकाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले गरेका हुन ।
उद्घाटन कार्यक्रममा पालिकाका जनप्रतिनिधी, प्राबिधिक टोली उपभोत्ता समिति र स्थानियको उपस्थिती रहेको थियो । कुल जनसङख्या १५ सय ५० रहेको क्षेत्रका पुल भएपछि ३ सय ५० घरधुरी लाभाम्भित हुने भएका छन् ।
२०७९ पुस १० सुरु भएको ३२ मिटर लामो रहेको पुल निमार्ण कार्य सुरु गरी २०८० फागुन १० सम्पन्न गरिएको उपभोक्ता समितिका कोषाध्यक्ष प्रकाश सिंह सार्कीले जानकारी दिएका छन् । उनका अनुसार तल्लो कालिगाड स्टिल पुल अनुमातित लागत ३० लाख ४४ हजार एक सय ३१ लागेको जानकारी दिए ।
आवतजावतका लागि आफ्नो गाउ ठाउमा पुल बने पछि स्थानिय खुसी भएका छन् । बर्षातको समयमा खोला तरेर पार गर्दा र खेतिपातीको समयमा पनि आवत जावत गर्न समस्या हुन्थ्यो कोषाध्यक्ष सार्कीले भने अब पुल निमार्ण भए पछि त्यो समस्या हटेको छ ।