पछिल्लो २४ घण्टामा थप १७७ जनामा कोरोना संक्रमण पुष्टि, ४१ जना संक्रमणमुक्त

असार २८ धनगढी । नेपालमा पछिल्लो २४ घण्टामा थप १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १२६ जनाको परीक्षणमा १७७ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १ हजार ८०५ जनाको पीसीआर परीक्षण गर्दा १४४ जना र १ हजार ३२१ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ८७३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१ जना संक्रमणमुक्त भएका छन् ।

जसमध्ये ८५३ जना होम आइसोलेसनमा रहेका छन् भने २० जना संस्थागत आइशोलेशन र ११ जना आईसीयूमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको छ ।
हालनेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार ३०१ पुगेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.