रोजगारीको सिलसिलामा भारतमा रहेका बैतडी घर भएका एक युवकको मृत्यु

धनगढी,१५ चैत । रोजगारीको सिलसिलामा भारतमा रहेका बैतडी घर भएका एक युवकको मृत्यु भएको छ । जिल्लाको सुर्नया गाउँपालिका ८ मट्टे घर भई हाल भारतको पञ्जाबमा काम गर्दै आएका ३५ वर्षीय धनवीर साउँदको बुधबार मृत्यु भएको उनका आफन्त धनसिंह साउँदले जानकारी दिए। दुईदिन अगाडि गाडीको ठक्करबाट घाइते भएका साउँदको उपचारका क्रममा मृत्यु भएको बताइएको छ।

एकवर्ष अगाडि घरबाट रोजगारीका लागि पञ्जाब गएका साउँद उतै अस्ताएपछि घरपरिवारको विचल्ली भएको छ। मृतक साउँदका घरमा दुई छोरा र श्रीमती रहेका छन्। दुर्घटना कसरी भयो भन्ने विषयमा समेत एकीन हुन नसकेको सुर्नया गाउँपालिका–४ घर भएका रामबहादुर महराले बताए। कमाउनका लागि भारत गएका युवाको मृत्यु भएपछि अहिले गाउँ शोकमा डुबेको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.