कैलाली सहितका १६ जिल्लाको फागुन १५ मा हुने, कांग्रेसको जिल्ला अधिबेशन

नेपाली कांग्रेसले अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन दुई दिन पछाडि सारेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले यसअघि फागुन १३ गते निर्धारण गरेको अधिवेशन दुई दिनपछि अर्थात् १५ गते गर्ने निर्णय गरेको हो ।

निर्वाचन समितिका सचिव केशव रिजालले नेपाल बारको सम्मेलन चलिरहेको, १३ गते महेन्द्रनारायण निधिको जन्मजयन्ति परेकाले अधिवेशन दुई दिन पर सारिएको बताउनुभयो ।कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलाली जिल्लामा अधिवेशन हुन बाँकी छ ।

यस्तै कांग्रेसले १६ जिल्लाबाहेकका चुनाव हुन बाँकी महासमिति सदस्य पदको चुनाव र जिल्ला कार्यसमिति मातहतका पालिका र वडा कार्यसमितिका बाँकी चुनाव भने फागुन १० गतेभित्रै हुने जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.