बाजुराको जिल्ला समन्वय समिति एमालेको बन्ने पक्का

बाजुरा: बाजुराको जिल्ला समन्वय समिति एमालेको बन्ने पक्का भएको छ। बुढीगंगा नगरपालिकाको जितसँगै जिल्ला समन्वय समिति एमालेको बन्ने पक्का भएको हो।

असार २३ गते भएको पुनः मतदानको परिणाम आईतबार सार्वजनिक भएको थियो। सार्वजनिक मत परिणाम अनुसार नगर प्रमुखमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ र उपप्रमुखमा एमालेकै माया कुमारी खड्का ९कुँवर० निर्वाचित भएका छन्।

बाजुरामा नौ स्थानीय तह रहेका छन्। जिल्ला समन्वय समितिका लागि पालिकाका प्रमुख र उपप्रमुख गरी १० को आवश्यकता पर्दछ। एमालेले ६ पालिकामा प्रमुख र पाँचमा उपप्रमुख जितेको छ। यो सँगै अब समन्वय समिति एकलौटी एमालेको बन्ने सुनिश्चित भएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.