वैतडीमा उपचारको क्रममा एक जनाको मृत्यु:हत्या भएको परिवारको दावी
बैतडी: बैतडी जिल्ला पुर्चौडी नगर पालिका न्वादेउ ढुङ्गा बिसाउनामा सोमवार एक जनाको मृत्यु भएको छ । अस्थायी प्रहरी चौकी भटना,धौनाखोलाका अनुसार ढुङ्गा बिसाउना बस्ने गोबिन्द पार्कीको दार्चुलाको गोकुलेस्वर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
मृतक पार्की मादक पदार्थ सेवन गरी राती घोडामा आएको,घोडा बाट खसेर घाईते भएको स्थानीय किराना पसल सञ्चांलक पुर्ण बोहराले बयान दिएको धौनाखोला चौकीका ईन्चार्ज प्रहरी सहायक निरिक्षक सुरज खड्काले जानकारी दिए ।
ढुङ्गा बिसाउना बस्ने पुर्ण बोहराले हत्या गरेको परिवारले आरोप लगाएको छ । पार्कीको परिवारले बोहराको नाममा किटानी जाहेरी दिएपछी पुर्ण बोहरालाई पक्राउ गरेको छ ।
आरोपित बोहरा लाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भै रहेको प्रहरीले जानकारी दिएको छ ।
हत्या वा के कसरी मृत्यु भएको हो? अनुसन्धानपछी थाहा हुने खड्काले बताए ।