एमाले अनुपस्थित हुँदा सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

धनगढीः सुदूरपश्चिम प्रदेश सकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९–०८० को बजेटमाथि छलफल गर्न बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी दल उपस्थित नभए पछि स्थगित गरीएको छ।

नेकपा एमाले र जसपा लगायतका प्रतिपक्षी दलहरुले आजको बैठक बहिस्कार गरेका हुन्। प्रतिपक्षी दलका सांसदहरुले बहिस्कार गरेपछि प्रदेश सभाको बैठक पुनः स्थगित भएको हो। बैठकमा सत्ता पक्षका सांसद पनि निकै न्यून उपस्थित भएका थिए।

पाँचौँपटक लगातार स्थगित भएपछि आज ३ बजे बैठक आह्वान गरिएको थियो। तर, आज पनि बैठक बस्न सकेन। सभामुख अर्जुन बहादुर थापाले भोलि ११ बजे सम्मका लागि बैठक स्थगित गरेका छन्।एमाले अनुपस्थित हुँदा सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

धनगढीः सुदूरपश्चिम प्रदेश सकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९–०८० को बजेटमाथि छलफल गर्न बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी दल उपस्थित नभए पछि स्थगित गरीएको छ।

नेकपा एमाले र जसपा लगायतका प्रतिपक्षी दलहरुले आजको बैठक बहिस्कार गरेका हुन्। प्रतिपक्षी दलका सांसदहरुले बहिस्कार गरेपछि प्रदेश सभाको बैठक पुनः स्थगित भएको हो। बैठकमा सत्ता पक्षका सांसद पनि निकै न्यून उपस्थित भएका थिए।

पाँचौँपटक लगातार स्थगित भएपछि आज ३ बजे बैठक आह्वान गरिएको थियो। तर, आज पनि बैठक बस्न सकेन। सभामुख अर्जुन बहादुर थापाले भोलि ११ बजे सम्मका लागि बैठक स्थगित गरेका छन्।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.