क्याम्पस प्रमुख नेगीलाई बलात्कार गरेको आरोप, चौतर्फी बिरोध भएपछी राजिनामा दिन बाध्य,

असाढ २७ धनगढी । बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्र नेगीलाई बलात्कार गरेको आरोप लागेको छ । यसै विषयमा रेडियो एक्टिभ एफ. एम ले केही दिन अगाडी मात्रै समाचार लेखेको थियो । त्यस समाचारले प्रमुख नेगीलाई नराम्रो प्रभाव परेको छ। बलात्कारको आरोप लागेका नेगीले सोमबार राजीनामा दिएका बाध्य भए।

उनले भने केहि अमुख व्यक्ती तथा राजनितिक दलका भातृसंगठनहरुले अपुष्ट कुराहरु फैलाएर चरित्र हत्या गर्ने प्रयास गरेकाले आरोप लगाए । सत्य तथ्य छानबिन नहुन्जेलसम्मका लागि आफुले राजीनामा दिएको क्याम्पस प्रमुख नेगीले जारी गरेको राजीनामा पत्रमा उल्लेख गरिएको छ ।

प्रमुख नेगीलाई कैलाली घर भई बैतडीमा ज्याला मजदुरी गर्दै आएकी एक महिलालाई बलात्कार गरेको आरोप लागेको हो । पीडित महिलाले भने केही दिन अगाडी रेडियो एक्टिभ एफ.एम संङ्ग कुरा गर्दै आफूमाथि बलात्कार भएको बताएकी थिइन् ।

उनले कैलालीबाटै बलात्कारको मुद्दा दर्ता गर्ने उनले बताइन् । मजदुर महिलालाई बलात्कार गरेको भन्दै अहिले नेगिलाई कारबाही हुनु पर्ने माग भइरहेको ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.