डोटिको जोरायल गाउपालिका सुन्तला र अमिलोका लागि प्रसिद्ध, किसानलाई नि:शुल्क बितरण गरिदै

असाढा २६ डोटी । डोटीको जोरायल गाउँपालिकाका सबै वडामा सुन्तलाका विरुवा वितरण गर्न थालिएको छ । उक्त ठाउँ सुन्तला र अमिलो उत्पादनका लागी प्रसिद्ध मानिन्छ ।

कृषि विकास कार्यालयले सबै वडाका कृषकलाई निःशुल्क सुन्तलाका बिरुवा वितरण गर्न थालेको छ । प्रत्येक वडामा कम्तीमा २०० जना व्यावसायिक सुन्तला खेती गर्ने कृषकलाई निःशुल्क सुन्तला तथा अमिलोका बोटा वितरण गर्न सुरु गरिएको कृषि विकास कार्यालयले जनाएको छ।

किसानको मागका आधारमा कृषि विकाश कार्यालयले सुन्तला र अमिलोका बिरुवा बाहिरि जिल्ला बाट ल्याइएर वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र ठगुन्नाले बताए । उनका अनुसार कृषि विकास कार्यालयले सुन्तला, कागती, लिची, आँपल वितरण गरिहेको छ ।

गाउँपालिकाले नगदे बालिमा किसानलाई आत्मनिर्भर गर्नका लागि उक्त बिरुवा नि:शुल्क वितरण गर्न लागेको गाउपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए । उनका अनुसार अहिले कम्तिमा एक हजार दुई सय सुन्तलाका बिरुवा बितरण गर्न लागिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.