कैलालीमा करेन्ट लागेर २१ वर्षिया युवाको मृत्युु

दिपक बम,असाढ २६ धनगढी । असाढ २६ धनगढीः आइतवार कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको गोदावरी नगरपालिका–१स्थित धनगढी रोडमा नेपाल विद्युत प्राधीकरण अत्तरियाको कम्पाउण्ड भित्र विद्युतको तारहरू लोड गर्ने क्रममा सु.प.प्र. ०१–००१–ख २६७४ नम्बरको ट्रकमा करेन्ट लागेर सोही ट्रकको सह चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालिका (प्रबक्ता) प्रहरी उपरिक्षक वेदप्रकाश जोशीले बताएका छन ।

(प्रबक्ता) जोशिका अनुसार ट्रकको सहचालक बझाङको केदारस्यु गाउँपालिका–१ का २१ वर्षीय सन्तोष भण्डारीलाई दिउँसो एक बजे तिर करेन्ट लागेको थियो । उनको सि. पि अस्पतालमा उपचारको क्रममा ६:५० बजे मृत्यु भएको प्रबक्ता जोशिले बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.