गाडीमा यात्राको लागी यात्रुको ईच्छा विपरित तान्ने गर्छन् सहचालक: यात्रू मारमा

दिपक बम,असाढ २६ धनगढी । कैलालीको धेरै सवारी साधनको चाप हुने भनेको धनगढीको बसपार्क,चौराहा र अत्तरिया चौराह,बसपार्क हो । यहाँ स्थानिय बसमा टिकापूर देखी अत्तरिया, धनगढी र महेन्द्रनगर सम्मको यात्रा गर्ने हो भने यात्रुले निकै दु :ख, कस्ट भोग्नु परेको छ ।

चालकले यात्रुको ईच्छा, चाहाना बिपरीत नै जबरजस्ति आफ्नो गाडीमा झोला राख्ने, गाडिमा बस्न भनी पाखुरा समेत तान्ने गर्दछन । चालकको यस्तो व्यवहारले यात्रा गदा निकै परिसानी भएको बस सवार विजय भाटले बताए । उनले भने’ यो गर्मिको समयमा त्यसैनि गाडिको यात्रा गारो हुन्छ । त्यसमाथि कैलालीका लोकल बसको सिट क्षमता भन्दा बढि यात्रु बोकेर हिड्छन् । सवार भाटले गाडिमा यात्रुको चाप धैरै हुदा उभिएर यात्रा गरेको बताएका छन् ।

सिट क्षमता भन्दा बढी सवार बोक्ने तथा सवारको ईच्छा बिपरीप बसमा बस्न भनि हात तान्ने जस्ता कार्य गर्ने सवार चालकलाई मुद्धा चलाएर कारबाहि गरीहेको शुदुरपश्चिम प्रदेश ट्राफिक कार्यालयका प्रहरी निरीक्षक रण बहादुर विष्टले बताए । उनका अनुसार अहिले सत्र जनामा मुद्दा चलाईएको छ । उनले सवारको बाहेक अन्य सामान राख्न नदिएको समेत बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.