डडेल्धुरा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

डडेल्धुरा: डडेल्धुरालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा गरिएको छ। सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोविन्दराज बोहराको प्रमुख आतिथ्यतामा आइतबार जिल्ला सदरमुकाममा आयोजित कार्यक्रममा डडेल्धुरालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो।

मन्त्री बोहराले जिल्लालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गर्दै जिल्ला खोप समन्वय समितिका संयोजक गगनसिंह भण्डारी र जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठलाई प्रमाणपत्र प्रदान गरे। मन्त्री बोहराले पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाका लागि योगदान पुगाउने सबैलाई धन्यवाद ज्ञापन गरे।

उनले प्रदेशको स्वास्थ्य सेवा सुधारका लागि थुप्रै योजना अगाडि बढाएको बताउँदै भने, ‘गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनको काम अगाडि बढिसकेको छ। डडेल्धुरामा मेडिकल कलेज खोल्न धेरै प्रक्रिया अगाडि बढेका छन्।’ मन्त्री बोहराले प्रदेशको सामाजिक विकास मन्त्रालयले पनि उपचार सेवामा सबैको पहुँच पुगाउनका लागि निशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको बताए।

‘विपन्न परिवारलाई पनि सहजै उपचार सेवा प्रदान गर्नका लागि निशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको हो,’ मन्त्री बोहराले थपे ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.