बैतडीका ५ पालिकामा दादुरा–रुबेला विरुद्धको खोप अभियान शुरु

धनगढी,१६ फागुन । बैतडीका ५ पालिकामा दादुरा–रुबेलाविरुद्धको खोप अभियान शुरु भएको छ । राष्ट्रिय अभियान अन्तर्गत बुधबार बैतडीका पुर्चौंडी नगरपालिका, पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका, सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकामा खोप अभियान सुरु भएको हो । उक्त पालिकामा फागुन २१ गतेसम्म अभियान सञ्चालन रहने छ ।

जिल्लाका दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका, सुर्नया गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा बिहिबार देखि अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । खोप अभियानका लागि जिल्लाभरी ७ सयभन्दा बढी स्वयंसेवक खटिएका छन् भने ३ सय ६० जना स्वास्थ्यकर्मी खटिएका छन् ।

बैतडीमा ९ महिनादेखि ५ बर्षसम्मका २१ हजार ३ सय २४ जना बालबालिकाहरुलाई दादुरा–रुबेला विरुद्धको खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । सुदूरपश्चिमका तराइका जिल्ला कैलाली कञ्चनपुरमा ९ महिनादेखि १५ बर्षसम्म बालबालिकालाई खोप लगाइँदै छ भने पहाडी जिल्लाहरुमा ९ महिनादेखि ५ बर्षसम्मका बालबालिकालाई खोप लगाइने छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.